प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, तेह्रथुम

तेह्रथुम, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

डिभिजन वन कार्यालय, तेह्रथुमबाट वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सप्ताह व्यापी कार्यक्रम मनाउने क्रममा एफ. एफ, पत्र, पत्रिका वाट सचेतनामूलक सामग्री र जिंगल प्रशारणका साथै जिल्लाको आठराई गा.पा., छथर गा.पा. फेदाप गा.पा. र म्याङलुङ न.पा.का विभिन्न स्थानमा गाडीमा वन डढेलो रोकथाम तथा नियन्त्रण सप्ताह र डढेलो नियन्त्रण सम्वन्धी सचेतना पोष्टर राखी माइकिङग र जिंगल मार्फत प्रचार प्रसार गर्नुका साथै अन्य स्थानमा समेत गरिने छ । स्थानीय वन उपभोक्ता, वन कर्मचारी र प्रहरीको सहयोगमा जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गरिएतापनि भाैगाेलिक अवस्थाले गर्दा केही स्थानमा पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण जिल्लावासी महानुभावहरू र विशेष रूपमा स्थानीय वन उपभोक्ता समूह, सुरक्षा निकाय, संघ संस्था हरूमा हार्दिक अनुराेध गरिन्छ । साथै वन डढेलो वाट वन, वातावरण र जैविक विविधतामा ह्रास हुनुका साथै डढेलो फैलिन गइ वस्तीमा समेत आगलागी भइ ठूलाे धन जनको क्षति समेत हुने हुनाले डढेलो लगाउने ब्यक्तिको पहिचान गरी कानुनी कारवाहीका लागि नजिकको प्रहरी कार्यालय वा सव डिभिजन वन कार्यालयमा खवर गर्नु हुन समेत अनुरोध गरिन्छ ।

वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सप्ताह व्यापी कार्यक्रम