प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, तेह्रथुम

तेह्रथुम, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं" भन्ने नारा सहित छैटौं राष्ट्रिय वृक्षारोपण दिवस, २०८० देश भरी मनाउदै गर्दा तेर्हथुम जिल्लाको छथर -३ मा अवस्थित घामे कालिदह सामुदायिक बन क्षेत्र मा टिक, खोटे सल्ला, इपिल इपिल, आंप लगायत का बिरुवा छथर गा.पा.का पदाधिकारी र कर्मचारी, स्थानिय प्रहरी, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी,सदस्य र उपभोक्ता हरू, तथा यस कार्यालयका कर्मचारीहरू र शुक्रबारे सव डिभिजन वन कार्यालयका कर्मचारी हरूको सहभागितामा राष्ट्रिय वृक्षारोपण दिवस, २०८० मनाइयो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष श्री डम्बर श्रेष्ठ, छथर गा.पा. वडा नम्बर ३ का वडा अध्यक्ष श्री देउमान सिंह लिम्बू, छथर गा.पा. का अध्यक्ष श्री सन्तवीर लिम्बूले राष्ट्रिय वृक्षारोपण दिवस, २०८० को शुभ अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको भयो। अन्तमा यस कार्यालयका निमित्त डिभिजनल वन अधिकृत उदिम प्रसाद राईले वृक्षारोपण औचित्यमाथि प्रकाश पार्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो।

वृक्षारोपण