नेपालको कोशी प्रदेशको मध्य पहाडी क्षेत्रमा अवस्थित तेह्रथुम जिल्ला यो प्रदेशकै सबैभन्दा सानो जिल्ला हो । तत्कालिन १३ वटा थुमहरूको प्रशासकीय केन्द्रको रूपमा रहेको यस जिल्लालाई हाल राजनैतिक रूपमा १ सङ्घीय निर्वाचन क्षेत्र, २ प्रादेशिक निर्वाचन क्षेत्र, २ नगरपालिका र ४ गाउँपालिकामा बाँडिएको छ। यो जिल्लाको पूर्वमा पाँचथर र ताप्लेजुङ जिल्ला, पश्चिममा धनकुटा जिल्ला, उत्तरमा ताप्लेजुङ र तेह्रथुम जिल्ला, दक्षिणमा धनकुटा र पाँचथर जिल्ला पर्दछन् । विश्व मानचित्रमा हेर्दा तेह्रथुम जिल्ला २७º ५७′ देखि २८º ३०′ उत्तरी अक्षांश तथा ८७º २५′ देखि ८७º ४५′ पूर्वी देशान्तरको बीचमा पर्दछ भने उचाई समुन्द्र सतहबाट ३४५ देखि २,९६२ मिटरसम्म रहेको छ । यस जिल्लाको जम्मा क्षेत्रफल ६७,७२१ हेक्टर छ । तेह्रथुम जिल्ला मूलत महाभारत श्रृंखलाभित्र पर्ने पहाडै पहाडले ढाकिएको छ । यहाँ देशका अन्य पहाडी जिल्लाहरुमा जस्तै टार मैदान, फाँट तथा उच्च पहाडी क्षेत्रहरु निकै कम मात्रामा रहेका छन् । तेह्रथुम जिल्ला उत्तर पश्चिमबाट ढल्की पूर्व दक्षिण तर्फ तेर्सिएर तमोर नदीसम्म फैलिएको छ । समशीतोष्ण खालको जलवायु पाईने यो जिल्ला अलैंची, अदुवा, उतिस, तथा जडीवुटी उत्पादनको लागि महत्वपूर्ण छ।
आ.व. २०३७-०३८ देखि ०५१-०५२ सम्म दुई चरणमा गरी कोशी पहाडी एकिकृत विकास परियोजना लागु भएको थियो। परियोजना कार्यान्वयन पछि केही मात्रामा भएपनि जनचेतनाको विकास, वृक्षारोपण, वन सीमांकन, सामुदायिक वन हस्तान्तरण जस्ता कृयाकलापको संचालन भई वन विकासमा टेवा पुगेको देखिन्छ । कोशी (पहाडी एकिकृत विकास परियोजनाले वृक्षारोपण गरेका क्षेत्र अहिले हराभरा जंगलको रुपमा परिणत भईसकेको छ। आ.व. ०५२-५३ देखी ०५७-५८ सम्म नेपाल युके सामुदायिक वन विकास कार्यक्रम NUKCFP_ ले सा.व. हस्तान्तरण, post formation support एवं नर्सरी, वृक्षारोपण तथा वन व्यवस्थापन विकासमा विशेष जोड दिएको थियो।
आ.व. २०५९-०६० देखि आ.व. ०६८-०६९ सम्म DFID को सहयोगमा जीविकोपार्जनका लागि वन कार्यक्रम संचालित थियो । यस कार्यक्रम अन्तर्गत विशेष रुपमा सामुदायिक वन गठन, सा.व. व्यवस्थापन, सुशासन, तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिमलाई विशेष जोड दिएको थियो । आ.व. २०५८-०५९ देखि आ.व. ०७०-०७१ सम्म कबुलियती वन तथा पशु विकास कार्यक्रम संचालित थियो । यस आयोजनाले मुख्यत गरिबीको रेखामुनी रहेका जनताहरुलाई कबुलियती वन समुह बनाई वन हस्तान्तरण...
सूचना अधिकारी
कार्यालय प्रमुख