तेह्रथुम जिल्ला कोशी प्रदेश अन्तर्गतको जिल्लाहरुमध्ये सबैभन्दा सानो जिल्ला हो । यस जिल्लाको पूर्वमा पाँचथर र ताप्लेजुङ जिल्ला, पश्चिममा धनकुटा जिल्ला, उतरमा ताप्लेजुङ र तेह्रथुम जिल्ला, दक्षिणमा धनकुटा तथा पाँचथर जिल्ला पर्दछ । नेपालको मानचित्र हेर्दा तेह्रथुम जिल्ला २७°५७′ देखि २८°३०′ उतरी अक्षांश तथा ८७°२५′ देखि ८७°४५′ पूर्वी देशान्तरको बीचमा पर्दछ भने उचाई समुद्रको सतहवाट ३४५ देखि २,९६२ मिटरसम्म रहेको छ । यस जिल्लाको जम्मा क्षेत्रफल ६७,७२१ हेक्टर छ । तेह्रथुम जिल्ला मुलतः महाभारत श्रृंखलाभित्र पर्ने पहाडै पहाडले ढाकिएको छ । यहाँ देशको अन्य कतिपय पहाडी जिल्लाहरुमा जस्तै टार मैदान तथा फाँटहरु नरहनुको साथै उच्च पहाडी क्षेत्र पनि निकै कम रहेको छ । तेह्रथुम जिल्ला उत्तर पश्चिमबाट ढल्की पुर्व दक्षिणतर्पm तेर्सिएर तमोर नदीसम्म फैलिएको छ ।
राजनैतिक रुपमा जिल्लालाई २ वटा नगरपालिका (म्याङलुङ र लालिगुराँस) र ४ गाउँपालिकामा (छथर, मेन्छ्यायेम, फेदाप र आठराई) विभाजन गरिएको छ । जिल्लामा प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।